सिन्धुलीको कमलामाई नगरपालिका वडा नं १२ रानीचुरीमा रोग निको पार्ने भन्दै धामिले पन्यू तताएर डाम्दा एक महिला घाईते भएकी छन् ।
तिनपाटन गाउँपालिका वडा नं ३ जिर्गाह पारीका दुर्गा बहादुर आले मगर (गोठे)ले रानीचुरीकी ३८ वर्षिय पुर्ण कुमारी गुर्मछाने मगरलाई पन्यू तताएर गाला तथा शरिरमा डाम्दा घाईते भएकी हुन् । घाईते गुर्मछाने मगरलाई मंगलबार जिल्ला अस्पताल सिन्धुलीमा भर्ना गरिएको घाईतेका बुबा चन्द्र खुलालले जानकारी दिए ।
टाउको दुख्ने विरामीलाई झारफुक गर्न आएका धामीले पटक पटक पन्यू तताएर गाला तथा शरिरमा डामी घाईते बनाएको बुवा खुलालले बताए । टाउको दुख्ने रोग निको पार्न धामीलाई बोलाएको भए पनि पन्यूले डामेर घाईते बनाईएको विरामी गुर्मछान मगरको भनाई छ । यसरी डाम्न अस्विकार गर्दा पनि ३ पटक पन्यूले डामेको विरामी गुर्मछाने मगरले दुखेसो गरिन ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाको बारेमा अनुसन्धान भईरहेको जनाएको छ ।