नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट क्रान्तिकारी जनपरि क्रान्तिकारी जनपरिषदले बाराले जिल्लाका जिल्ला वन प्रमुख ज्ञानेन्द्र मिश्रमाथी भौतिक कारवाही गरेको छ । बिहीबार एक विज्ञप्ति मार्फत परिषदले सो कुराको जानकारी गराएको हो ।
परिषदले उनी माथी विभिन्न साझेदारी वनहरुसँग घुस र कमिसन मागेको, ठेकेदारहरुसित साँठगाँठ गरी उपभोक्तालाई काठ नदिएको, वन हेरालु कर्मचारीको तलव रोकेको, कमिसन खाइ गिट्टी, बालुवा र ढुंगा दोहन गर्न दिएको जस्ता आरोप लगाएको छ ।
स्थानीय जनताबाट यस्ता गुनासाहरु आएकोले उचित छानबिन गरी उनलाई यस्तो कारवाही गरिएको जनपरिषद बाराका उपप्रमुख देवानन्दद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा कारवाहीको स्वरुप बारे भने खुलाइएको छैन ।