डोल्पामा जीप दुर्घटनामा परि १० जनाको मृत्यु, २ घाइते

डोल्पामा जीप दुर्घटनामा परि १० जनाको मृत्यु, २ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ कार्तिक २०७५
  • 5.3K
    Shares

accident

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।

सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडा सडकबाट करिब ५० मि ठूली भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले जनाए ।

घटनास्थाल पुगेका डोल्पाका प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार घाइते रहेका १ चालक र अर्का १ व्यक्तिलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा पुर्याइएको छ। उद्दारका लागि प्रजिअ थापा र  डि एस पी विष्ट सहितको प्रहरीको एक टोली खटिएको छ। उद्दार कार्य जारी रहेको र मृतकको सनाखत भइनसकेको जनाइएको छ।

प्रतिक्रिया