राँगा व्यापारी खटिकको गोली हानी हत्या भएको पुस्टि

राँगा व्यापारी खटिकको गोली हानी हत्या भएको पुस्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ कार्तिक २०७५
  • 10.5K
    Shares

बर्दियाको बढैयाताल गाउँपालिका- ३ स्थित गोबरियाका राँगा व्यापारी  ३५ वर्षीय मोहन खटिकको गोली हानी हत्या भएको पुस्टि भएको छ । मृतकको एक्सरे रिपोर्टमा गोली देखिएपछि गोली हानिएको पुष्टि भएको हो।

पोष्टमार्टमका क्रममा शरीरभित्र गोली नभेटिएको भए पनि एक्सरे रिपोर्टमा “पेटमा देखिएको प्वाल गोली हानिएको जस्तो देखिएकाले गोली प्रहार गरिएको” उल्लेख भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायव निरीक्षक विनयबहादुर चन्दले दिएको जानकारी अनुसार  घटनामा कुन हतियार प्रयोग गरिएको भन्ने सन्दर्भमा अनुसन्धान भैरहेको छ। उनले मृतक राँगा व्यापारी भएकाले लेनदेनको विषयमा विवाद भै गोली हानिएको हुनसक्ने श्क्न्कक्क गरे ।

सोमबार राति २ बजे भएको घटनाबाट घाइते भएका खटिकलाई नेपालगञ्जस्थित नर्सिङ्ग होममा उपचारका लागि लगिएको थियो। बिहान ४:४० बजे अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

मृतक खटिककी श्रीमतीले गोली प्रहारबाट श्रीमानको हत्या भएको प्रहरीसमक्ष जानकारी गराएकी थिइन्। घटनाको छानविन गर्न घटनास्थलमा कुकुरको प्रयोग गरिएको प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए। उनले घटनाबारे शोधपुछका लागि ४ जना नियन्त्रणमा लिएको जानकारी दिए l

प्रतिक्रिया