विराटनगरमा नेपाल कम्युनिस्ट पार्टीले गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एकता र माओवादी बिग्रेकाहरुको एकता पनि भएको टिप्पणी गरेका छन् ।
प्रचण्डले पार्टी एकतासँगै कार्यशैली, आचरण र व्यवहारमा पनि सुधार गर्दै जानुपर्ने बताए । ‘समाजवाद निर्माणका लागि नयाँ धाराको पार्टी चाहिएको छ, जनताको मन जितेर हामीले समाजवादको नयाँ मोडल बनाउन सक्छौं । रसियन र चाइनिज मोडलको नक्कल गरेर हुँदैन ।’
उनले कार्यशैली बिग्रेको, आचरण बिग्रेकाहरुको पनि एकता भएको भन्दै अब सुधार जरुरी रहेको बताए ।‘छातीमा हात राखेर भन्दा हामी सबै बिग्रेका छौं, यो बिग्रेकाहरुको पनि एकता हो, सप्रेकाहरुको मात्र एकता होइन’ उनले भने ।
‘कार्यशैली बिग्रेको, आचरण बिग्रेको, जनता र राष्ट्रका लागि जस्तोसुकै समर्पण गर्ने घरबार छाड्ने हामी अहिले विस्तारै विस्तारै सबै चिज मेरो लागि, अरुले मेरो लागि काम गर्नुपर्छ भन्ने प्रवृत्ति बनेको छ ।’
आचरण र कार्यशैलीमा सुधार गर्न सकेमा पार्टी महान् हुने पनि उनले बताए । ‘यसो गर्न सकियो भने पार्टी महान् हुनेवाला छ ।’