भ्रमणमा अाएको स्याङजाको चापाकोट नगपालिकाका टाेलीले रक्सि खाएर झगडा गर्दा मेयरसहित केहि घाइते भएका छन् । शनिबार रारा ताल घुमेर फर्किएपछि कालीकोटको एक होटलमा राति करिब २ बजेतिर झडप हुँदा मेयरसहित केहि घाइते भएका हुन् ।
नगरप्रमुख शिव गिरीको टाउकोमा ५ वटा टाँका, गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका, नगर प्रहरी इन्चार्ज शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइएको स्रोतले जनायो ।
स्याङजाको टोलीको भक्तपुरबाट रारा भ्रमण आएको टोलीसँग च्याङग्राको मासु पोलेर खाने बेलामा अपशव्द बोल्दै झगडा भएपछि कुटपिट भएको होटल स्रोतले बतायो ।
कालीकोट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण झगडा भएको हो ।
सरकारी खर्चमा ३० जना लिएर रारा भ्रमणमा गएको स्याङजाको चापाकोट नगरप्रमुख शिव गिरीको टोलीले कालीकोट जिल्लामा मदिरा सेवन गरी झगडा गरेको थियो ।
दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए । ‘राति दुई बजे भएको झगडामा घाइतेलाई हस्पिटल लगियो भने अन्यलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ,’ उनले भने, ‘गल्ती दुवै पक्षको छ । दुवै पक्षको सहमतिमा अगाडी बढ्छौं ।’ उनले दुवै पक्ष बाहिरी जिल्लाको भएकाले उनीहरुको सहमतीमा कारबाही गरिने बताए ।