जिपले ठक्कर दिँदा अछाममा तीन घाइते, एकको अवस्था गम्भिर

जिपले ठक्कर दिँदा अछाममा तीन घाइते, एकको अवस्था गम्भिर


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ कार्तिक २०७५
  • 4K
    Shares

अछाममा जिपले ठक्कर दिँदा  तीन जना घाइते भएका छन् । घाइते मध्ये मंगलसेन ४ की १६ वर्षीया   झुमा आउजीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार आउजीको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । बयलपाटा अस्पतालमा उपचार भइरहेकाे आउजीको अहिलेसम्म पनि होस खुल्न नसकेको अस्पतालले जनाएको छ ।

जिल्लाको तिमिल्सेन स्थित बरदादेवी मन्दिरमा लागेको दसैं मेला हेरेर फर्किदै गरेका पैदल यात्रीलाई से १ ज ८०४ नम्बरको जीपले गएराती २ बजे ठक्कर दिएको हो । ठक्कर दिने गाडी चालक फरार छन्।

घटनामा घाइते भएका मंगलसेन ८ का २० बर्षका खगेन्द्र बिक र मंगलसेन ५ का राजेश भाटको अवस्था सामान्य रहेको छ । उनीहरु मध्ये बिकको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ । भाटलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । फरार रहेका गाडी चालकलाई प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया