अक्टोबर २ मा साउदी अरबका अधिकारीहरुले वासिंग्टन पोष्टका लागि काम गर्ने पत्रकार जमाल खासोग्गीको दुतावास भित्रै हत्या गरी शब टुक्रा टुक्रा पारे पछि त्यसलाई राजदुतको घरको बगैचामा गाडेर राखेको फेला परेको छ ।
टर्कीको पहलमा ती पत्रकारको शबका टुक्राहरु समेत फेला परे पछि साउदी अरबमाथि अन्तराष्ट्रिय दवाव बढेको छ । अक्टोबर एक मै १५ जना साउदीबाट टर्की आएको र सोही टोलीले दुतावासमा आफ्नी प्रेमीकासगँ पुनर्विवाहका लागि कागज पत्र बनाउन गएका खासोग्गीलाई शुरुमा औला काटेर यातना दिदै ७ मिनेट भित्र हत्या गरेको पुष्टी भएको छ ।
अक्टोबर २ मा ईस्तानवुल स्थित साउदी अरबको बाणिज्य दुतावासमा छिरेको दुई मिनेट भित्रै पत्रकार खासोग्गीमाथि आक्रमण गरिएको र सात मिनट भित्र उनको मृत्यु भएको थियो । सिसिटीभी फुटेज सहित सबै विवरण सार्वजनिक गर्ने क्रममा टर्कीका अनुकारीहरुका अनुसार खासोग्गीको मृत्यु भए पछि पनि उनका अंगहरु टुक्रा टुक्रा पारेर रगतको होली खेलिएको थियो । आखिर खासोग्गीको शबका टुक्राहरु कहा छन् ? साउदी अरबले स्पष्ट पार्न सकेको थिएन । हत्या गर्ने साउदीका अधिकारीहरु दुई घण्टा भित्र हत्या गरीसकेर निस्केर हिडेका थिए ।
न्यूयोर्क टाईम्समा छापिएको रिपोर्ट अनुसार खासोग्गी दुतावासबाट बाहिर गए भने जस्तो देखाउनलाई उनको डबल बडीको व्यवस्था गरिएको थियो ।
खासोग्गीको हत्या गरे पछि एक जना साउदी एजेण्ट खासोग्गी जस्तै लुगा लगाएर सडकमा निस्किएका थिए । तर जुत्ता फरक परेकाले उनको पहिचान सजिलै भएको थियो । केहीबेर पछि उनले कपडा खोलेर हिडेका थिए । कपडा, दाह्री, चस्मा लुगा दुरुस्तै बनाए पनि जुत्ता फरक परेको अखबारको दावी छ । मुस्ताफा अल मदनी हत्याका लागि दुतावासमा गएको र उनले खासोग्गीलाई मारे पछि लुगा सबै खासोग्गीको जस्तै लगाए पनि जुत्ता फेर्न बिर्सिएका थिए ।
खासोग्गी कालो जुत्ता लगाएर दुतावास गएका थिए । जब कि उनी स्पोर्टस जुत्ता नै लगाएर बाहिरिएका थिए । साउदी अरबले राज्य शक्तिको परिचालन गरेर पत्रकारको यसरी गरको हत्या र झुट्टा प्रचार गर्दे भ्रम छरे पनि सत्य बाहिरीएको छ । यसै बीच टर्कीले हत्यामा संलग्नहरुलाई टर्कीलाई सुपुर्गादी गर्न रास्ट्रपति इर्दोगनले माग गरेका छन् ।