घुस लिँदालिँदै सशस्त्र प्रहरीका हवल्दार पक्राउ

घुस लिँदालिँदै सशस्त्र प्रहरीका हवल्दार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ कार्तिक २०७५
  • 9.3K
    Shares

जनकपुरधाम । जनकपुरमा घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार पक्राउ परेका छन् ।

भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै उनले ११ हजार घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको  हो ।

जनकपुरको कदम चोकबाट घुस रकमसहित सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर गिरी पक्राउ परेका अख्तियारले जनाएको छ । उनले भारतीय बजारबाट घरायसी सामान भन्सार नतिरी नेपालल प्रवेश गराउने भन्दै ब्यापारीसँग रकम लिदै गर्दा पक्राउ गरेको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया