कृष्णनगरमा फेरि अनिश्चितकालीन कर्फ्यु।

कृष्णनगरमा फेरि अनिश्चितकालीन कर्फ्यु।


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ कार्तिक २०७५
  • 7.5K
    Shares

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा सोमबार साँझ ५ बजेदेखि फेरि कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

पूर्वमा सेमरा गाउँ, पश्चिममा झण्डीनगर, सिर्सिहवा चोक, उत्तरमा- कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रसम्म कर्फ्यू लगाइएको छ ।

निषेधित क्षेत्रभित्र भेला हुन, आवतजावत गर्न र हुल हुज्जत जस्ता क्रियाकलाप नगरी घरमै बस्न प्रशासनले आग्रह गरेको छ ।

मूर्ति विसिर्जनको विषयलाई लिएर दुई समूहबीच भएको विवादपछि उत्पन्न झडप नियन्त्रणका लागि जिल्लाको कृष्णनगरमा आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाइएको थियो ।

स्थिति सामान्य बन्दै गएपछि सोमबार साँझ ५ बजेसम्मका लागि कर्फ्यू हटाइएको थियो । तर रातको समयमा फेरि कर्फ्यू लगाइएको हो । कर्फ्यू हटेपछि सोमबार दिउँसो भारतीय सीमावर्ती कृष्णनगर बजारमा केही चहलपहल देखिएको थियो ।

कृष्णनगर बजार क्षेत्रमा शनिबार दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई पक्षबीच विवाद भएको थियो । आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।

प्रतिक्रिया