एजेन्सी । अब चीनको आकाशमा हर समय चन्द्रमा देखिने भएको छ । चीनको छेङ्दु स्थित एक निजी एरोस्पेस संस्थानका अधिकारीहरुले सन् २०२० सम्म पृथ्वीको कक्षमा एक चम्किलो भूउपग्रह पठाउने घोषणा गरेका छन् ।
यो भूउपग्रह पठाएपछि सडकमा बत्तिहरु बाल्नुपर्ने छैन । एयरोस्पेस साइन्स इन्सिटिच्युट माइक्रोइलेक्ट्रोनिकस सिस्टम रिसर्च इन्सिटिच्युटका चेयरम्यान वु छेङ्दुले सन् २०२० सम्ममा भूउपग्रह पठाउने योजना योजना अनुसार काम भइरहेको र यो अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।
यो नक्कली चन्द्रमाले एउटा ऐनाले जसरी सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरेर पृथ्वीमा पठाउनेछ । यो पृथ्वीबाट ५ सय किलोमिटरको दुरीमा रहनेछ ।
यो कृत्रिम चन्द्रमाको प्रकाश १० देखि ८० किलोमिटरसम्म फैलिनेछ र यसले वास्तविक चन्द्रमाभन्दा ८ गुणा बढी प्रकाश दिने बताइएको छ । यो नक्कली चन्द्रमाको उद्देश्य भनेको पैसाको वचत गर्नु हो । अधिकारीहरुका अनुसार सडक बत्तिमा लाग्ने खर्चको तुलनामा यो चन्द्रमा सस्तो हुनेछ ।
नक्कली चन्द्रमाको प्रकाश फैलाएपछि हरेक वर्ष विजुलीमा आउने खर्चमा १.२ अर्ब चीनीया रकम अर्थात् १७.३ करोड डलर बचत हुने दावि गरिएको छ । यो नक्कली चन्द्रमालाई छेङ्दुको आकाशमाथि यस्तो ठाउँमा स्थापित गरिनेछ जसले यसको प्रकाश त्यहीको सानो क्षेत्रमा पुग्नेछ ।
सन् २०२२ सम्म चीनले यस्ता थप तीन भूउपग्रह अन्तरिक्षमा पठाउने योजना बनाएको छ । यसअघि सन् १९९३ मा रुसका वैज्ञानिकले २० मिटर चौढाई भएको एक रिफ्लेक्टर मिरर स्पेस स्टेशन तर्फ पठाएका थिए । नाम्या २ नामक स्याटलाइटलाई पृथ्वीबाट ५ किलोमिटरको व्यासमा प्रकाशका लागि पठाइएपनि त्यो जलेर खत्तम भएको थियो ।