सिन्धुपाल्चोकको भैंसेमा टिपर दुर्घटना, एकको मृत्यु, दर्जन बढी घाइते

सिन्धुपाल्चोकको भैंसेमा टिपर दुर्घटना, एकको मृत्यु, दर्जन बढी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ कार्तिक २०७५
  • 5.3K
    Shares

भैंसे (सिन्धुपाल्चोक) — जुगल गाउँपालिकाको याङ्लाकोट, जलबिरे हुँदै काठमाडौं गइरहेको टिपर भैंसेमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । अर्को गाडीसँग प्रतिस्पर्धा गर्दै आइरहेको बा४ख ९०१७ नम्बरको टिपर सडकमै पल्टिँदा दर्जन बढी घाइते भएका छन् ।

भैंसेको मोडमा घुमाउन खोज्दा सडकमा नै टिपर पल्टिएको प्रत्यक्षदर्शीले बताए। ‘एकको घटनास्थलमै मृत्यु भयो, बाँकीलाई खाडीचौर उपचारर्थ लगिएको छ,’ एक स्थानीयले भने।

घटनास्थलमा खटिरहेका प्रहरी कुमार श्रेष्ठका अनुसार मृतक बाराका लुते तामाङ हुन् । ‘दुर्घटना भएलगत्तै चालक भने सुरक्षित निस्किएर फरार छन्,’ उनले भने।

दसैंको आफन्त भेटघाटमा याङलाकोट, जलबिरेबाट टिपरमा यात्रु आएका थिए।

प्रतिक्रिया