कृष्णनगरमा लगाइएको कर्फ्यु ४ घण्टाका लागि हटाइयो

कृष्णनगरमा लगाइएको कर्फ्यु ४ घण्टाका लागि हटाइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ कार्तिक २०७५
  • 5.5K
    Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु चार घण्टाका लागि हटाइृएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि चार घण्टाका लागि कर्फ्यु हटाउने निर्णय गरेको हो ।

दूर्गाको मूर्ति सेलाउने विषयमा शुरु भएको विवादले उग्ररुप लिएपछि कृष्णनगर नगरपालिकाको कृष्णनगर क्षेत्रभित्र आइतबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।

प्रतिक्रिया