आठ महिने शिशुलाई बलात्कार गरी हत्या गर्ने दुई महिनापछि पक्राउ

आठ महिने शिशुलाई बलात्कार गरी हत्या गर्ने दुई महिनापछि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ कार्तिक २०७५
  • 43.6K
    Shares

महोत्तरीको औरही नगरपालिकाकी ८ महिने शिशु सोनाली चौधरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा २५ वर्षीय एक युवा पक्राउ परेका छन् । सोनालीलाई बालत्कार गरी हत्या भएको झण्डै दुई महिनापछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षका भरत साह पक्राउ परेका हुन् ।

सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेका उनलाई सुनसरीको ईनरवा स्थित भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गत भदौ १० गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर लगी बलात्कार गरी निर्मम तरिकाले हत्या गरेर शवलाई आँप बगैंचामा फालेका थिए ।

शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजबाट हत्यारा साह रहेको पहिचान भएको थियो । तर घटना पश्चात हत्यारा साह लुक्दे बस्दै आएका थिए ।

घटना पश्चत हत्यारालाई यथासिघ्र पक्राउ गरी कार्वाही गर्न औरहीबासी बजार, सडक यातायात बन्द गरी झण्डै एकसातासम्म आन्दोलन समेत गरेका थिए । हत्याराको स्थानीयबासिन्दा र प्रहरीले दुर्विनको सहायतालो चौरतिर खोजविन समेत गर्दा फेला परेको थिएन ।

प्रतिक्रिया