मन्दिरभित्र महिलाहरुलाई प्रवेश गर्न नदिन प्रदर्शन, प्रहरीविरुद्ध ढुंगामुडा

मन्दिरभित्र महिलाहरुलाई प्रवेश गर्न नदिन प्रदर्शन, प्रहरीविरुद्ध ढुंगामुडा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ कार्तिक २०७५
  • 21.8K
    Shares

सबरीमाला मंदिर

भारतको दक्षिणी राज्य केरलास्थित एक प्रसिद्ध मन्दिर सबरीमाला मन्दिरमा सबै महिलाहरूलाई प्रवेश गर्न दिनु भनी सर्वोच्च अदालतले गरेको निर्णयविरूद्ध हिन्दू कट्टरपन्थीहरूले प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले गत महिना महिलाहरूको प्रार्थना गर्ने अधिकारको उल्लंघन भएको भन्दै १० देखि ५० वर्षसम्मको उमेरका महिलाहरूलाई सबरीमाला मन्दिर प्रवेशमा लगाइएको प्रतिबन्ध उल्ट्याइदिएको थियो ।

त्यस फैसलापछि आक्रोसित हिन्दु धर्मावलम्बीहरूले सर्वोच्च अदालतले गरेको ऐतिहासिक निर्णय अनुसार केरालाको सवरीमाला भित्र महिलाहरूलाई प्रवेश गर्नबाट रोकेका छन्  । प्रदर्शनकारीहरूले सवारीसाधनहरूलाई ढुंगा हानेका थिए र प्रहरी अधिकारीहरू माथि खनिएका थिए ।

गत महिना सर्वोच्च अदालतले धर्मको अनुसरण गर्ने अधिकार महिला र पुरुष दुवैलाई भएको भन्दै महिलालाई मन्दिर प्रवेश गर्न दिने फैसाल सुनाएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार