भारतको आसाममा एक फर्जी मुठभेड़ (फेक इन्काउन्टर) को मामलामा सेनाका तीन अधिकारी र चार सैनिकलाई जन्मकैदको सजायँ सुनाइएको छ ।
सजायँ पाउनेमा भारतीय सेनाका पूर्व मेजर जनरल एके लाल, दुई कर्नल र सात सैनिक समावेश छन् । मेजर जनरल एके लालको साथमा कर्नल थॉमस मैथ्यू, कर्नल आरएस सिबिरेन, अन्य सैन्य कर्मव्हारीमा दिलीप सिंह, जगदेव सिंह, अलबिंदर सिंह र शिवेंदर सिंहलाई फर्जी मुठभेड़मा दोषी देखिएपछी जन्मकैदको सजाय सुनाइएको हो ।
आसाम फ्रंटियर टी लिमिटेड का महाप्रबन्धक रामेश्वर सिंहको उल्फा विद्रोहीले हत्या गरेपछि व्यापक गिरफ्तारीमा उत्रिएको भारतीय सैनिकको पंजाब रेजिमेंटको एउटा टुकडीले अल असम स्टूडेंट्स यूनियन (आसू)का कार्यकर्ता प्रबीन सोनोवाल, प्रदीप दत्ता, देबाजीत बिस्वास, अखिल सोनोवाल र भाबेन मोरन समेत चार जनालाई १४ देखि १९ फरवरी, १९९४ मा तिनसुकिया जिल्लाको विभिन्न स्थानबाट गिरफ्तार गरेको थियो । त्यही बीच सेनाले पांच बिद्यार्थीको २३ फरवरी, १९९४ का दिन डांगरी फर्जी मुठभेड़मा हत्या गरेको थियो ।
मेजर जनरल लाल सन् २००७ मा एक महिला अधिकारीलाइ योग सिकाउने वहानामा दुर्व्यवहार गरेको आरोपमा सेवाबाट बर्खास्त गरेको थियो ।लाललाई सन् २००७ मा एक महिला अफिसरले योगा सिकाउने नाममा आफूमाथि दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि निलम्बन गरिएको थियो ।