कैलालीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु एक घाइते

कैलालीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ असोज २०७५
  • 9.3K
    Shares

टीकापुर : कैलालीको बर्दगोरिया गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मंगलबार बर्दगोरिया गाउँपालिका–२ बर्दगोरियामा से.१ त. ३९६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बर्दगोरिया गाउँपालिका–१ का डाँगु चौधरी र सुरज कठरियाको मृत्यु भएको हो । यस्तै स्थानीय भीम कठरिया घाइते भएका छन् ।

मृत्यु हुने र घाइते तीनै जना एकै ठाउँका हुन् । घाइते कठरियाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा बताएको छ। फलेबिसौनाबाट ढुङ्गा बोकेर आइरहेको ट्याक्टर दुर्घटनामा परेको हो।

प्रतिक्रिया