पोखरा २२ असोज । ३ जना बालिकालाई रु १ हजारको लोभ देखाएर आँफूसंग रात विताउन लगाउने दुई जना भारतीय यूवा पोखराको लेकसाईड बाट पक्राउ परेका छन् । भारतको विहार राज्यको दतिया जिल्ला घर भई हाल पोखरामा बस्दै आएका १७ वर्षीय सदरे आलम र उनका साथी समिन आलम लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिएका छन् ।
हिजो साँझ ५ बजेदेखि हराएका ३ बालिकालाई लाई फकाई आँफूसंगै राखेको खुलेको छ । उनीहरु ३ जना कालिका माध्यमिक विद्यालयमा पढ्ने छात्राहरु हुन् । पोखरा वडा नं १५ का १०, ११ र १२ वर्षका ३ जना बालिका विद्यालयबाट फर्केपछि सम्पर्क विहिन भएको र खोज्ने क्रममा पोखराको लेकसाईडस्थित सदरे आलमसंगै उनीहरु फेला परेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक दिपक केसीले जानकारी दिएका छन् ।
उनीहरु लेकसाईडमा बन्दै गएको एउटा घरको कोठामा बसेका थिए । घटना विवरण अनुसार हिजो विहान साढे ६ बजेबाट सजिना तामाङ सहितका ५ जना छात्राहरु नृत्य सिक्न भनि घरबाट निस्केका थिए । ११ बजेसम्म स्कूलमा नृत्य सिकेको र त्यसपछि स्कूलबाट उनीहरु घर नगई सिधै पैदल नै हिँडेर लेकलाईड पुगेका थिए ।
लेकसाईडमा सजिनाको चिनजान भएका व्यक्ति सदरे आलमको कोठमा पुगेपछि फेरि भाटभटेनी पुगेका थिए । दिनभर घुमेर साँझ ५ बजेतिर सजिनाको घर पुगेका उनीहरुलाई सजिनाको आमाले गाली गरेपछि सजिना घरमै बसिन र अर्की एक साथी पनि घरतिर लागिन् । बाँकी ३ जना बालिकाहरुलाई लिएर सदरे आलम भने लेकसाईडतिर लागेका थिए ।
आलमले बालिकाहरुलाई आफूसंगै बसेमा पैसा दिने भन्दै फकाएका थिए । त्यसपछि आफ्नो साथीलाई समेत बोलाई बालिकाहरुमाथि दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक रिपोर्ट अनुसार ती बालिकाहरुमाथि यौन दुव्र्यवहार भएको दखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डि एस पी रविन्द्रमान गुरुङले जानकारी दिएका छन् । अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।