नेपालगंज एयरपोर्टको धावन मार्गमा अबतरण गर्ने क्रममा विमानमा स्याल ठोक्किएको छ।
काठमाण्डौबाट नेपालगंजको लागी उडेको यती एयरको 9 N AMM नम्बरको जहाज नेपालगंज एयरपोर्टमा अबतरण गर्ने क्रममा धावन मार्गमा स्यालसँग ठोक्किएको हो। विमानमा ठोक्किएको स्याल घटनास्थलमै मरेको छ।
अचानक आएको स्याल जहाजको बायाँ चक्कामा ठोक्किँदा विमानमा सामान्य क्षेती भएको छ। जहाजमा सवार यात्रुहरु भने सकुशल छन्।