नेविसंघमा तोकियो उमेरहद, ३२ वर्ष भन्दामाथिका नेता हुन नपाउने

नेविसंघमा तोकियो उमेरहद, ३२ वर्ष भन्दामाथिका नेता हुन नपाउने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ असोज २०७५
  • 6.9K
    Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा उमेरहद तोकिएको छ । राति अबेरसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघमा लामो समयदेखि देखिएको विवाद हल गर्न उमेरहद तोक्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।

समितिका संयोजकसमेत रहेका डा. प्रकाशशरण महतले यो प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका थिए । तर नेता रामचन्द्र पौडेल निकट नेताहरुले यसको तीव्र विरोध गरेपछि राति अबेरसम्म बैठक लम्बिएको थियो । बैठकले १२ औं महाधिवेशन नै उमेरहद लगाएरै गर्ने निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार अब नेविसंघमा ३२ वर्षभन्दा बढि उमेरका व्यक्ति रहनेछैनन् । बैठकमा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गरेको भन्दै रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

प्रतिक्रिया