काठमाण्डौ आउँदै गरेको सौर्य एयरलाईन्सको विमानमा चरा ठोक्किएपछि पुनः विराटनगर फर्काइयो

काठमाण्डौ आउँदै गरेको सौर्य एयरलाईन्सको विमानमा चरा ठोक्किएपछि पुनः विराटनगर फर्काइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० असोज २०७५
  • 9K
    Shares

विराटनगरबाट काठमाण्डौ उडेको सौर्य एयरलाईन्सको विमान दुर्घटना हुनबाट बचेको छ ।

आज बिहान सवा १० बजे विराटनगर विमानस्थलबाट काठमाण्डौका लागि उडेको उक्त विमान सप्तकोशीको माथि पुगेपछि चराले पखेटामा ठोक्किएपछि पुन विराटनगर नै फर्काईएको थियो ।

उडिरहेको विमानमा चरा आएर पखेटामा ठोक्किएको थियो ।

उक्त विमानमा ३० जना यात्रु रहेका थिए । सप्तकोशी माथि पुगेपछि आकासमा विमानको पखेटामा चरा ठोक्किएपछि तत्काले विमानलाई फर्काएर विराटनगर विमानस्थलमा नै अवतरण गरिएको थियो ।

चरा ठोक्किएपछि फर्काएर विराटनगर विमानस्थलमा नै अवतरण गराईएको सौर्य एयरलाईन्स विमानको मर्मत पछि पुन: काठमाण्डौ उड्ने तयारीमा रहेको छ।

प्रतिक्रिया