लामो हिरासत बसाईपछि नेपाल कम्युनिष्ट पार्टीका पोलितब्यूरो सदस्यद्वय ओमप्रकाश पुन र पदम् राई हिरासतामुक्त भएका छन l बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि नेकपाका पोलितब्यूरो सदस्यद्वय पुन र राई हिरासतामुक्त भएका हुन l
यस अघि सर्बोच्च अदालतले नेकपाका नेताद्वयलाई गैरकानूनी थुनामा राखेको भन्दै सर्बोच्च अदालतका मुख्य रजिस्ट्रारको रोहवरमा रिहा गर्न आदेश दिएको थियो l


हिरासतामुक्त भएपछि अदालत परिसर बाहिर नेकपाका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए l