सवारीचालक अनुमतिपत्र माग गर्दै बहिराको प्रदर्शन

सवारीचालक अनुमतिपत्र माग गर्दै बहिराको प्रदर्शन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ असोज २०७५
  • 9.6K
    Shares

काठमाडौंको माइतीघरमा राष्ट्रिय बहिरा महासंघले प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको आदेशपिरीत आफूहरुलाई सवारीचालक अनुमतिपत्र नदिएको भन्दै बहिराहरुले प्रदर्शन गरेका हुन् ।
सर्वोच्चले २०६९ चैत २९ गते बहिरोपनबाट प्रभावित व्यक्तिहरु सवारी चलाउनको लागि अयोग्य हुने कुनै वैज्ञानिक आधार भएको मान्न नमिल्ने र बहिरा नागरिकहरुको संवैधानिक समानताको अधिकार हनन भएको ठहरसहित १ वर्ष भित्र प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४७ को खण्ड (ङ) मा संशोधन र सुधार र अन्य भौतिक एवं व्यवस्थापकीय कुराहरु प्राथमिकताका साथ सुधार गरी योग्यता पुगेका बहिरा नागरिकलाई सवारीचालक अनुमतिपत्र दिन नेपाल सरकारलाई आदेश दिएको थियो । तरपनि सबै नागरिकसरह सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने कठिन भएकाले यस्तो आन्दोलन गर्न बाध्य भएको उपस्थितले जानकारी दिए ।

बहिरा नागरिक सवारीचालक कनुमतिपत्र पाउने अधिकारबाट बञ्चित रहँदा उनीहरु रोजगार तथा अन्य अत्यावश्यक कामका लागि निकै समय खर्च गर्नुपर्ने बाध्यतामा रहेका छन् । संसारका अधिकांश देशमा बहिरा नागरिकले सवारीचालक अनुमतिपत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया