किन खरीद गर्दैछ भारतले रुससंग पांच अर्ब डलरको अध्याधुनिक एस-४०० हवाई प्रतिरक्षा प्रणाली ?

किन खरीद गर्दैछ भारतले रुससंग पांच अर्ब डलरको अध्याधुनिक एस-४०० हवाई प्रतिरक्षा प्रणाली ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ असोज २०७५
  • 17.8K
    Shares

दक्षिण एसियामा गठित बिमस्टेक नामको क्षेत्रिय संगठनमा आफ्नो प्रभुत्व  कायम गर्न सफल भारतले संयुक्त सैनिक अभ्यास गर्ने प्रस्ताब हालै सम्पन्न बिमस्टेक सम्मेलनमा पारित गराएको छ l आफ्नो  सैन्य क्षमतालाई बढाई रहेको भारतले रुसबाट ५ अर्ब डलरको अध्याधुनिक एस-४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्न  लागेको छ ।

१९ औं भारत-रुस द्विपक्षीय वार्षिक सम्मेलनमा सहभागी हुन भारत आउन लागेका  रास्ट्रपति पुटिनले  दुई दिने भारत  भ्रमणमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अध्याधुनिक एस-४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुनेछ।

रुसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकहरु विरुद्ध अमेरिकाले प्रतिबन्धहरु लगाउने घोषणा गरेपनि यो हस्ताक्षर हुन लागेको हो। वासिङ्टन र नयाँदिल्लीले सन् २०१९ मा संयुक्त सैन्य अभ्यास गर्ने गत महिनामात्र घोषणा गरेका थिए। दुबै देशबीच संवेदनशील सैन्य सूचना आदानप्रदान गर्ने पनि सहमति भएको थियो।

तर रुस नै भारतको मुख्य सैनिक साझेदार रहिआएको छ, र पछिल्लो सम्झौता मस्कोका लागि निकै महत्वपूर्ण मानिएको छ।

राष्ट्रपति पुटिन १९औं भारत-रुस द्विपक्षीय वार्षिक सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि रहेको छ। उनले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन्।

पुटिन र मोदीबीच अरु पनि सैन्य सामग्रीको आपूर्तिबारे छलफल हुने बताइएको छ। भारत र रुसबीच सैनिक हेलिकप्टर उत्पादनका बारेमा यसअघि नै सम्झौता भइसकेको छ, जसअन्तर्गत ६० वटा रुसमा निर्माण गरिने र बाँकी भारतमा उत्पादन गरिनेछ।

विज्ञहरुले भारतलाई अत्याधुनिक एस-४०० प्रणालीजस्ता उपकरण सख्त जरुरत भइसकेको बताएका छन्। चीनले लगातार सैनिक क्षमता सुदृढ गरिरहेको र पाकिस्तानबाट नयाँनयाँ चुनौती आइरहेकाले पनि भारतले आफ्नो प्रतिरक्षा क्षमता बढाउन आवश्यक रहेको उनीहरुको भनाइ छ।

भारतीय वायूसेना प्रमुख वीरेन्दर सिंह धनोआले एस-४०० र ३६ वटा फ्रान्सेली लडाकू विमान राफेलको खरिदबाट भारतको तत्कालीन आवश्यकता पूरा हुने बताए।

भारत विश्वमै सबैभन्दा ठूलो सैनिक सामग्री आयातकर्ता मुलुक हो र भारतले १०० अर्ब डलरका आधुनिक हातहतियार खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ।

रुस अझै पनि भारतको सबैभन्दा ठूलो सैन्य सामग्री आपूर्तिकर्ता मुलुक हो। सन् १९५३ यतादेखि दुबै मुलुकबीच प्रगाढ सम्बन्ध रहिआएको छ। दोस्रो स्थानमा अमेरिका छ। अमेरिकाले भारतीय सेनाका लागि अत्याधुनिक अपाचे हेलिकप्टर र ड्रोनहरु बिक्री गर्दैछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँगको सम्बन्धमा जोड दिएसँगै भारतको रुससँगको व्यापारमा कमी आएको छ। सन् २०१४ यता दुबै मुलुकबीचको व्यापार १० अर्ब डलरभन्दा कम हुन थालेको छ। तर पछिल्लो समय मोदी र पुटिनबीचको भेटमा तिब्रता आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार