अखिल (क्रान्तिकारी) गोरखाको २१ औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा सुशान्त सुवेदी

अखिल (क्रान्तिकारी) गोरखाको २१ औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा सुशान्त सुवेदी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ असोज २०७५
  • 17.9K
    Shares

गोरखा :”बैज्ञानिक समाजवादि शिक्षाको निम्ति बिद्यार्थी आन्दोलन ! एकीकृत जनक्रन्तिको मार्गमा २१ औ जिल्ला सम्मेलन ” भन्ने मुल नाराका साथ अखिल (क्रान्तिकारी ) गोरखाको २१औ जिल्ला सम्मेलन सम्पन्न भएकोछ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखाको २१ औँ जिल्ला सम्मेलन शुक्रबार सुरु भएको थियो । सम्मेलन गोरखास्थित निर्माण व्यवसायी सङ्घको हलमा भएको हो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको प्रमुख अतिथ्यतामा सम्पन्न सम्मेलनमा ‘सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त, जनतान्त्रिक विद्यार्थी एकजुट हौँ !, एकीकृत जनक्रान्ति जिन्दावाद !, वैज्ञानिक समाजवादी शिक्षाका निम्ति विद्यार्थी आन्दोलन !, एकीकृत जनक्रान्तिको मार्गमा २१ औँ जिल्ला सम्मेलन !’ नारा तय गरिएको जानकारी आयोजकले दिएका छन् ।

उक्त सम्मेलनमा नेकपाका गण्डक ब्युरो सदस्य कपिल भट्ट, अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, गण्डक ब्युरो संयोजक मिलन राई, जिल्ला संयोजक सुसन सुवेदीलगायत सहभागी थिए ।

नयाँ कार्ययोजना तय गर्दै सम्मेलन शनिबार सम्पन्न भएको हो। सम्मेलनले क.सुशान्त सुवेदी (समिर)अध्यक्ष रहने गरी १७ सदस्यीय जिल्ला समिती गठन गरेको छ । पछिल्लो समय अखिल (क्रान्तिकारी) ले सङ्गठन विस्तार अभियानलाई तीव्र पारेको छ ।

प्रतिक्रिया