गोरखामा नेकपाको सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान तीब्र

गोरखामा नेकपाको सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान तीब्र


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० असोज २०७५
  • 36.5K
    Shares

नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको तीन महिने सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान गोर्खा जिल्लाका विभिन्न क्षेत्रहरुमा जारी रहेको छ l सोही  अभियानका क्रममा अभियान टोली गोर्खा नगरपालिका र भीमसेन गाउँपालिकाका विभिन्न ग्रामिण क्षेत्रहरु १० किलो, १२ किलो, छेपेटार, चोरकाटे, खहरे, मसेल, घ्याम्पेसाल, तान्द्रांग, धावा, आरुपोखरी लगायतका स्थानमा अभियान सम्पन्न गरेको छ l

अभियानका क्रममा पुगेर नेकपाका नेता तथा कार्यकर्ताहरु जनताको घरदैलो, चोक, आँगनसम्म पुगेर जनताको समस्याहरु बुझ्ने र सम्भब भएका समस्याका समाधान गर्ने गरेको अभियानको अनुगमन गर्न पुगेकी नेकपाकी केन्द्रीय सदस्य एबम गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ले जानकारी दिइन l सोही क्रममा जनयुद्धका शहीद तथा बेपत्ता परिवारलाई भेटघाट गर्ने काम पनि गरिएको छ l त्यस्तै, ठाउँ ठाउमा दलाल सत्ता, अन्याय, अत्याचार र भ्रस्टाचारका बिरुद्ध भित्तेलेखन गरिएको छ l त्यही क्रममा विभिन्न स्थानमा पार्टी तथा जनबर्गीय संगठनक इकाइहरु गठन गरिएको प्राप्त समाचारमा जनाइएको छ l

सहिद तथा बेपत्ता परिवार, उत्पीडित क्षेत्र-समुदाय, महङ्गि र करले थिचिएका जनतासङ्ग भेटघाट, छलफल, अन्तरक्रिया गर्ने कार्यलाई तिब्रता दिएको छ भने सोही क्रममा सङ्गठन सुदृढीकरण तथा बिस्तार गर्ने कामलाई निरन्तरता दिईरहेको छ।

जनतासंगको प्र्त्यक्ष कुराकानीका क्रममा सर्वत्र जरा गाडेको अन्याय, अत्याचार, भ्रस्टाचार, नातावाद, कृपावाद र सामाजिक विकृतिका बिरुद्ध सशक्त रुपमा लड़ाई लड्न नेकपालाई आव्हान गरेको पाइएको नेत्री आस्थाले जानकारी दिइन l साथै गोर्खाली जनताले बिद्यालय तथा समाजका युवा-युवतीमा विभिन्न बिकृति र बिसंगतिहरु बढेकोमा चिन्ता प्रकट गर्दै नेकपासंग यस्ता बिकृति र विसंगतिका बिरुद्ध जनचेतनामुलक कार्यक्रमको माग गरेका छन् l स्थानीय जनताले बिद्यालय क्षेत्रलाई अनुशासित बनाउने खालका कार्यक्रम लिएर आउना नेकपासंग अनुरोध गरेको नेत्री आस्थाले बताइन l

गाउँ गाउँमा रहेका जनताले नेकपाका नेता तथा कार्यकर्तालाई जनतासंग भेटघाट गर्ने कायलाई तीब्रता दिन अनुरोध गरेका छन् भने बिगतको जनयुद्धका शहीद तथा बेपत्ता परिवारको रगतको मूल्य र मान्यता खेर जान नदिनतर्फ नेकपालाई सचेत गराएका छन् l

 

 

प्रतिक्रिया