बुटवल :वरिष्ठ साहित्यकार, बाम बुद्विजीवी, स्रष्टा एवं पत्रकार सेनानी दिल साहनीमाथि बुटवलको एक कार्यक्रमाथि भएको दुव्र्यवहारप्रति विभिन्न राजनीतिक दल एवं संघसंस्थाहरुले आपत्ति जनाएका छन् । रुपन्देहीमा क्रियाशील नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) र नयाँ शक्ति पार्टी नेपालले संयुक्त विज्ञप्ती जारी गर्दै लेखक साहनीमाथि भएको दुव्र्यवहार निन्दनीय भएको बताएका छन् ।
विज्ञप्तीमा २०७५ असोज ५ गते बुटवल उपमहानगरपालिकाको सभाहलमा जितगढी किल्लामा रहेको भारतीय पेन्सन क्याम्प भारतलाई दिने÷नदिने वारेमा भएको छलफलमा सहभागी भएर राष्ट्रिय स्वाधीनताको पक्षमा आफ्नो विचार राखिरहेको बेला केही भारतीय भूपुसैनिकहरुद्धारा साहनीमाथि दुव्र्यवहार भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ,“बुद्विजीवी, वरिष्ठ अधिवक्ता एवं पत्रकार सेनानी दिल साहनीले आफ्नो विचार राखिरहेको बेला केही भूपूसैनिकहरुबाट भएको अमानवीय दुव्र्यवहारप्रति घोर आपत्ति प्रकट गर्दछौं । साथै आयोजक संस्था बुटवल उपमहानगरपालिकाले साहनीले आफ्नो विचार राख्न पाउने वातावरण मिलाउन पहल नगरेको प्रति खेद प्रकट गर्दछौं ।” विज्ञप्तीमा जितगढी किल्लामा स्थायी भारतीय पेन्सन क्याम्प राख्न नहुने समेत उल्लेख छ ।
त्यसैगरी माक्र्सवादी विचार मञ्च, नेपाल र मालेमा अध्ययन केन्द्रले संयुक्त विज्ञप्ती जारी गर्दै घटनाप्रति निन्दा एवं घोर भत्सर्ना गरेको छ । विज्ञप्तीमा साहनीमाथिको अपमान देश र देशभक्ति एवं राष्ट्रियताका पक्षधरहरुमाथिकै अपमान भएको भन्दै राष्ट्रियतालाई भारतीय विस्तारवादसामु आत्मसमर्पण गर्ने प्रवृत्ति विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नुपर्ने बताएको बताएको छ । विज्ञप्तीमा विचार मञ्चका अध्यक्ष युवराज पन्थी र मालेमा अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष बिनबहादुर कुँवरले हस्ताक्षर गरेका छन् ।
जितगढीमा भारतीय स्थायी पेन्सन क्याम्प राख्ने किन नराख्ने बिषयमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकमा केही भूपूसैनिकहरुद्वारा दुव्र्यवहार भएको हो । लेखक साहनीले उक्त पीपीओ सम्झौताको विपक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका थिए । उनी वरिष्ठ अधिवक्ता, पत्रकार सेनानी, साहित्यकार एवं प्राध्यापक समेत हुन् ।
संयुक्त प्रेष विज्ञप्तीहरु

