सत्तारुढ नेकपाको जिम्मेबारी बाँडफाँडप्रति असंतुस्टि, सचिव पद अस्वीकार

सत्तारुढ नेकपाको जिम्मेबारी बाँडफाँडप्रति असंतुस्टि, सचिव पद अस्वीकार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ असोज २०७५
  • 17.3K
    Shares

सत्तारुढ नेकपाको भर्खरै गठन भएको कर्णाली प्रदेशको समितिमा आफूलाइ अपमान गरेर सचिव पदमा मनोनयन गरेको भन्दै नेता मायाप्रसाद शर्माले उक्त पदमा बस्न अस्विकार गरेका छन।

तत्कालिन माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेका शर्मालाई शुक्रवार बसेको पार्टीको सचिवालय बैठकले कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो। शर्मा एकीकरणपछि नेकपाको केन्द्रीय सदस्य हुन।

आफू भन्दा कनिष्ठलाई अध्यक्ष दिएर आपूलाई सचिव बनाईएकाले अपमानित महशुस गरेकोले उक्त पदमा बस्न नसक्ने भन्दै पार्टीको निर्णय नमानेको शर्माले बताएका छन्। यसअघि आफूलाइ प्रदेशको इन्चार्ज या अध्यक्ष चयन गर्ने आश्वासन दिएको तर अहिले प्रदेशको सचिवमा थन्क्याएर राख्न खोजेको शर्माको गुनासो छ।

नेकपाको शुक्रबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले नेकपाका नेता गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेशको अध्यक्षको जिम्मेवारी तोकेको छ । बोगटी तत्कालिन नेकपा एमालेका नेता हुन् । नेकपाले तत्कालिन माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरलाई प्रदेश संयोजक तोकेको छ ।

यस अघि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आजै सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको थियो  ।

प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावबमोजिम पार्टी जिम्मेवारी तोकिएको जनाइएको छ।

पार्टी सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार प्रदेश नं १ को इन्चार्जमा भीम आचार्य, सहइन्चार्जमा सावित्री काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त भएका छन्।

त्यसैगरी प्रदेश नं २ को इन्चार्जमा सत्यनारायण मण्डल र सहइन्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेल चयन भएका छन्। प्रदेश नं ३ को इन्चार्जको जिम्मा अष्टलक्ष्मी शाक्य र सहइन्चार्जको नारायण दाहालले पाएका छन् भने प्रदेश कमिटी अध्यक्षको जिम्मेबारी हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेललार्इ दिइएको छ।

त्यस्तै गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र सहइन्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपालीले चयन भएका छन् । प्रदेश नं ५ इन्चार्जको जिम्मा शङ्कर पोखरेलले र सहइन्चार्ज दलबहादुर रानाले पाएका छन्। पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रशाद शर्मा नियुक्त भएका छन् ।

त्यसैगरी प्रदेश नं ७ को इन्चार्जमा भीमबहादुर रावल र सहइन्चार्जमा लक्ष्मणदत्त जोशी तथा पार्टी अध्यक्षको जिम्मा कर्णहादुर थापाले र सचिवको जिम्मा नेपबहादुर चौधरीले पाएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया