नेकपा प्रवक्ता प्रकाण्ड र पोलिटब्युरो सदस्य शिलुलाई ल्याइयो

नेकपा प्रवक्ता प्रकाण्ड र पोलिटब्युरो सदस्य शिलुलाई ल्याइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ भाद्र २०७५
  • 13.3K
    Shares

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई आज ल्याइएको छ । बन्दी प्रत्यक्षीकरणको मुद्दा परेपछि प्रहरीले उनीहरुलाई आज सर्बोच्च अदालतमा उपस्थित गराएको हो l

अदालतमा मुद्दाका मिसिलहरुसहित उपस्थित गराइएका नेकपाका प्रवक्ता प्रकाण्ड र पोलिटब्युरो सदस्य शिलुलाई शुक्रबार उपस्थित गराउने गरी अदालतले प्रहरी हिरासतमा पठाएको छ l पार्टी प्रवक्ता प्रकाण्ड महानगरीय प्रहरी वृत्त दरबारमार्ग र नेत्री शिलुलाई महानगरीय प्रहरी वृत्त टेकुमा राखिएको छ l

पार्टी प्रवक्ता प्रकाण्डलाई बिहीबार बिहान दाङबाट आन्तरिक उडानको प्रयोग गरी काठमाडौँमा अवतरणपछि सर्वोच्च ल्याइपु¥याइएको थियो भने शिलुलाई नुवाकोटबाट सर्वोच्च अदालत ल्याइपु¥याइएको थियो ।

प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले गैरकानूनी तरिकाले गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको भन्दै रिहा गर्न मागसहित दर्ता गरेको निवेदनमाथि बहस गर्न प्रकाण्डलाई बाटोको म्याद बाहेक ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च आदलतले यही २५ गते आदेश दिएको थियो ।

गत साउन २२ गते साँझ साढे ७ बजे काठमाडौंको दक्षिणकालीबाट गिरफ्तार गरेयता बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहस यो चौथो पटक हो । उनलाई काठमाडौँ, काभ्रे, नुवाकोट र भोजपुरमा लगाइएको अभियोग किनारा लागेपछि भदौ २० गते अर्को अभियोगमा दाङ लगिएको थियो ।

नेतृ भुजेललाई बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस गर्न सर्वोच्च अदालत ल्यइएको यो दोस्रो पटक हो । रिहा यही भदौ १२ गते काठमाडौँबाट गिरफ्तार गरेको थियो । उनलाई काभ्रेपलाञ्चोक, नुवाकोट लगिएको थियो ।

यसैबीच प्राप्त जानकारी अनुसार, नेकपाका अर्का पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई उच्च अदालत तुलसीपुर दांगले शुक्रबार अदालतमा पेश गर्न आदेश दिएको छ l बन्दी प्रत्यक्षीकरण रिटमा पुनलाई आज प्रहरीले अदालतमा पेश गरेको थियो l प्रहरीले बिना तयारी नेकपा नेता पुनलाई अदालत समक्ष पेश गरेको भेटिएपछी शुक्रबार रिटमा बहस हुने गरी तयार गरेर आउन प्रहरीलाई निर्देशन दिएको प्राप्त समाचारमा जनाइएको छ l

हालसम्म पार्टीका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पोलिटब्युरो सदस्यहरु पमद राई, उमा भुजेल, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरू दिपेश राई, टेकबहादुर केसी, असल खड्का, देवनाराण शाहलगायत सयौं नेता–कार्यकर्ता प्रहरी हिरासतमा रहेका छन् ।

प्रतिक्रिया