पोखराको लेखनाथमा ७० वर्षीया वृद्धा ‘बलात्कृत’

पोखराको लेखनाथमा ७० वर्षीया वृद्धा ‘बलात्कृत’


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ भाद्र २०७५
  • 20.2K
    Shares

पोखरा । पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएको उनका आफन्तले दावी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

राम्रोसँग आँखासमेत देख्न नसक्ने वृद्धालाई छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ । रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बताइएको छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया