इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका इन्चार्ज सई रामबाबुप्रसाद यादव पाँच हजार घुससहित कार्यालय परिषरबाट रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोय बर्दिबासका शाखा अधिकृत प्रकाश थापाको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो।
भारतबाट भन्सार छली ल्याउने मालसमानको लाइन मिलाई दिन उनले एक सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियार टोली इलाका प्रहरी कार्यालय रामगोपालपुर पुगेको थियो ।
प्राप्त समाचार अनुसार, भन्सार छलेर ल्याएको मालसमान गाउँ-गाउँ पुर्याएर निर्विवाध बिक्री गर्न सघाएबापत प्रहरीले मासिक रकम लिएर लाइन मिलाउँदै आएको थियो ।