‘राष्ट्रपति लक्षित ड्रोन हमलामा अमेरिका र कोलम्बियाको हात’

‘राष्ट्रपति लक्षित ड्रोन हमलामा अमेरिका र कोलम्बियाको हात’


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० साउन २०७५
  • 25K
    Shares

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले विष्फोटक ड्रोनको सहायताले गरिएको हमलाबाट आफू बाँच्न सफल भएको बताएका छन् ।

घटनाको समयमा राष्ट्रपति मादुरो काराकास शहरमा एक सैन्य कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए ।

 

मादुरोको भाषणको लाइभ फुटेजमा उनले अचानक माथि हेरेर डराएको र त्यसपछि दर्जनौं सैनिकहरु दौडिएको देख्न सकिन्छ ।

भेनेजुएलाका अधिकारीहरुका अनुसार उक्त घटनामा सात सैनिक घाइते भएका छन् भने कैयौंलाई प्रहरीले पक्राउ गरेको छ ।

China Xinhua News

✔@XHNews

Venezuelan President Nicolas Maduro unharmed after an assassination attemp by drones

कसरी भयो हमला ?

मादुरोले राष्ट्रिय सेनाको ८१ औं स्थापना दिवसको अवसरमा सम्बोधन गरिरहेको समयमा घटना भएको थियो ।

सञ्चार मन्त्री जोर्गे रोड्रिग्वेजका भने, ‘विष्फोटक पदार्थहरुले भरिएको दुई ड्रोन राष्ट्रपतिले सम्बोधन गरिरहेको पोडियम नजिकै पुगेका थिए ।’

त्यसपछि सामाजिक सञ्जालमा भाइरल भएका फोटोहरुमा बडीगार्डहरुले मादुरोलाई बुलेटप्रुफ कवचले सुरक्षा दिएको देख्न सकिन्छ ।

 

घटनापछि छिमेकी देश कोलम्बिया र अमेरिकाका केही तत्वहरुले आफ्नो हत्या गर्ने ‘दक्षिणपन्थी षडयन्त्र’ अनुसार ड्रोन आक्रमण गरेको आरोप लगाए ।

उनको दाबीअनुसार घटनाको पछाडि कोलम्बियाली राष्ट्रपति जुवान म्यानुएल सान्तोसको हात रहेको छ ।

तर, कोलम्बियाको सरकारले भने घटनामा आफ्नो संलग्नता रहेको भन्ने आरोपको खण्डन गरेको छ । उसले भनेको छ ‘मादुरोको आरोपमा कुनै आधार छैन ।’

यस घटनापछि धेरै अनुत्तरित प्रश्नहरु उब्जिएका छन् र वास्तवमा भेनेजुएलामा नयाँ षडयन्त्रले सबैको ध्यान मोडिदिएको छ ।

राष्ट्रपति मादुरो र उनका मानिसहरुले बेलाबेलामा विपक्षी दल, कोलम्बिया र अमेरिकामाथि आफ्नो सरकारलाई सिध्याउन लागिपरेको आरोप लगाउँदै आएका छन् ।

यसअघि सन् २०१७ जुनमा पनि भेनेजुएलाको सर्वोच्च अदालतमा बमवर्षक हेलिकप्टरले हमला गरेको थियो जसलाई राष्ट्रपति मादुरोले ‘आतंकवादी आक्रमण’को संज्ञा दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार