महोत्तरीको बर्दिवास–४ भब्सी टोलका विश्वकर्मा आमाछोरीलाई पानी छोएको निहुँमा कुटपिट गर्ने दुईजनालाई महोत्तरी जिल्ला अदालतले जेल सजायको फैसला सुनाएको छ ।
महोत्तरी–४ भब्सी टोलका ३६ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषालाई पानी छोएको निहुँमा कुटपिट गरेका स्थानीय कमला गिरी र रामबाबु दाहाललाई जिल्ला अदालत महोत्तरीका न्यायाधीश दण्डमणि शर्माको इजलासले जरिवाना र क्षतिपूर्तिसहित जेल साजयको फैसला सुनाएको हो ।
असार २४ गते अदालतले गरेको फैसलामा कुटपिटका मुख्य अभियुक्त गिरीलाई ६ महिना र दाहाललाई २ महिनाको कैद सजाय तोकिएको छ । अदालतले दुवैसित १० हजार जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्तिसहितको कैद सजायको फैसला गरेको छ ।
छुवाछुतको घटनामा सम्भवतस् पहिलो पटक पीडकलाई जेल सजाय तोकिएको हो ।