रातो भाले रेष्टुरेन्टबाट पाँच लाख घुससहित पुनर्निमाण प्राधिकरणका इञ्जिनियर पक्राउ

रातो भाले रेष्टुरेन्टबाट पाँच लाख घुससहित पुनर्निमाण प्राधिकरणका इञ्जिनियर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ असार २०७५
  • 61.9K
    Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सब–इञ्जिनियरलाई ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

मंगलबार राति प्राधिकरणको नुवाकोट कार्यालयमा कार्यरत् सब–इञ्जिनियर लोकेन्द्र थापा बबरमहलको रातो भाले रेष्टुरेन्टबाट घुससहित पक्राउ परेका हुन् ।

आयोगका प्रवक्ता मदन कोइरालाका अनुसार थापाले घुस माग गरेको सूचनाको आधारमा उनलाई रंगेहात पक्राउ गरिएको पुष्टि गरे ।

आयोगका अनुसार थापाले भूकम्पमा भत्किएको महेन्द्र प्राथमिक विद्यालयको निर्माण पूरा भएको पत्र दिनका लागि सेवाग्राहीसँग रकम माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार