मुस्ताङको दामोदरकुण्ड गाउँपालिका वडा नं. ३ स्याङ्बोचेमा शुक्रवार दिउँसो बा २ क २२१९ नम्वरको ट्रिपर दुर्घटना हुँदा १८ जना मजदुरको मृत्यु भएको र १४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । सो ट्रिप्पर दुर्घटनामा परि दाङका ५ र रोल्पाका ७ सहित १८ जना मजदुरको मृत्यु भएको छ ।

दुर्घटनामा परि दाङका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर्षीया कविता घर्ती मगर, ४३ वर्षीया शान्ति थापा, ३२ वर्षीय सुवेर चौधरी, २५ वर्षीय कमल बुढाको मृत्यु भएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ । त्यस्तै उक्त दुर्घटनामा परि रोल्पा जिल्ला निवासी ७ जनाको मृत्यु भएको छ । जसमा १९ वर्षीय महेश रोका, ३२ वर्षीय रामकुमार पुन, ३२ वर्षीय सन्तु घर्ती र २८ वर्षीय सुकमान रोकाको मृत्यु भएको बताइएको छ ।

त्यस्तै उपचारको क्रममा रोल्पाकै ३१ वर्षीया जीतमाया घर्ती, २० वर्षीया सिर्जना घर्ती र २३ वर्षीय राष्ट्रे रोकाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । उक्त दुर्घटनामा परि कपिलबस्तु जिल्लाका ३५ वर्षीय कमानसिंह रोका, स्याङ्गजा जिल्लाका २४ वर्षीय कृष्ण क्षेत्री, धादिङ्गका २३ वर्षीय सुजन घलान, सिन्धुलीका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीया विनिता थापाको हालसम्म सनाखत भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ज्यान गुमाउने अधिकांश दाङ र रोल्पावाट सडक निर्माणको काममा गएका मजदुरहरु रहेको प्रहरीले जानकारी दिएको छ ।

मुस्ताङको दामोदरकुण्ड गाउँपालिका वडा नं. ३ स्याङ्बोचेमा शुक्रवार दिउँसो बा २ क २२१९ नम्वरको ट्रिपर दुर्घटना हुँदा १७ जना मजदुरको मृत्यु भएको र १४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दिउँसो साढे १ बजेतिर उक्त दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार सडक निर्माण गर्ने मजदुरलाई खान खुवाएर काममा फर्काउने क्रममा ट्रिप्पर सडकदेखि झन्डै ५० मिटर तल खसेको छ । अन्य घाईतेहरुको उपचार जिल्ला अस्पताल जोमसोङ्गमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । विरुवा कन्ट्रक्शन प्रालीले मुस्ताङ्गले निर्माण गरिरहेको सडक निर्माण कार्यमा गएका मजदुर दुर्घटनामा परि मृत्यु भएको प्रहरीले बताएको छ
