मुगुमा नेकपा कार्यकर्ता र प्रहरीबीच भिडन्त, तीन प्रहरीसहित छजना घाइते, नेकपाका जिल्ला इन्चार्ज पक्राउ

मुगुमा नेकपा कार्यकर्ता र प्रहरीबीच भिडन्त, तीन प्रहरीसहित छजना घाइते, नेकपाका जिल्ला इन्चार्ज पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ असार २०७५
  • 50.1K
    Shares

नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कर्णालीले मुगुको सदरमुकाम गमगढीमा शुक्रबार आयोजना गरेको जनसभामाथि प्रहरीले हवाईफायर गरी व्यापक दमन गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रमअन्तर्गत ‘एकीकृत जनजागरण अभियान’ को उक्त सभामा सामना सांस्कृतिक पारिवारले नृत्य प्रस्तुत गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो  ।सभामा प्रहरीले अश्रुग्याँससहित हवाईफायर गरेपछि झडप भएको थियो ।

प्रहरीको हवाईफायर र आक्रमणबाट नेकपाका जिल्ला सचिवालय सदस्य अडिकसहित ६ घाइते भएका छन् । झडपमा परी स्थानीय बासिन्दाको एक बच्चासमेत घाइते भएको समाचार प्राप्त भएको छ ।

कार्यक्रमस्थलबाट प्रहरीले नेकपा मुगुका इन्चार्ज सङ्गम र जिल्ला सचिवालय सदस्य अडिकलाई गिरफ्तार गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज एटम बीसीले राज्यले शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप गर्नु निन्दनीय भन्दै भत्र्सना गरेका छन् । इन्चार्ज बीसीले गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई बिनासर्त तत्काल रिहाइको माग गर्दै आफ्नो शान्तिपूर्ण कार्यक्रम गर्न पाउनुपर्ने बताएका छन् । नेकपाले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको प्रति स्थानीय काङ्ग्रेसलगायत संसद्वादी पार्टीहरूले समेत विरोध गरेका छन् ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार