धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले बुवाको सालिक बनाउन सरकारी बजेट खर्च गरेका छन्।
अध्यक्ष यादवले थलाही टोलमा बुवा भोला यादवको सालिक निर्माणका लागि गाउँपालिकाको बजेटबाट २७ लाखको योजना बनाएर रकम खर्च गरेका हुन्।
भारतीय सीमाबाट करिब डेढ सय मिटर दूरीमा पर्ने थलाही टोलको मुख्य चोकमै यादवका बुवाको सालिक राख्न भौतिक संरचना निर्माण धमाधम भइरहेको छ।पञ्चायतकालमा दुईपटक प्रधानपञ्च बनेका भोलाको ०५९ सालमा गोली प्रहार गरी गाउँमै हत्या भएको थियो। उनको हत्यासम्बन्धी मुद्दा हालसम्म अदालतमा विचाराधीन छ। एमालेबाट स्थानीय तहमा निर्वाचित मनोजले विकास निर्माणलाई प्राथमिकता दिनुभन्दा उनै भोलाको सालिक निर्माण गराउन थालेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।‘कसैले आफ्नो बुवाको वा घरपरिवारका सदस्यको सालिक निर्माण गर्नुपर्ने भए निजी रकम खर्चिनुपर्छ’, वडासदस्य नरेश यादवले भने।
सरकारी बजेटबाट सार्वजनिक थलोमा सालिक निर्माण कार्य सही नरहेको उनको भनाइ छ। उपभोक्ता भेलासमेत नगरी बहुमतको दम्भमा गाउँपालिकाका योजना छनोट गरिएको वडासदस्यको आरोप छ। सहिदगेट स्थापनाका लागि २७ लाख छुट्याइएको भनिए पनि पछि त्यसलाई परिवर्तन गरेर सार्वजनिक महŒवका व्यक्तिको सालिक निर्माणको नाम दिइएको हो।