अवतरण गर्ने क्रममा सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटना भएको छ । बिरामी बोकेर आउँदै गरेको हेलिकप्टर अवतरण गर्ने क्रममा अस्पतालको छतमै दुर्घटनामा परेको हो ।
काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन् । यद्यपी हेलीकप्टर माथिल्लो तलाबाट तल्लो तल्लामा खसेको छ । जसमा विरामीको उद्दार भइसकेको छ । हेलिकप्टरलाई भने निकाल्न सकिएको छैन ।’ अस्पतालले भने विमानमा पाइलट मात्र भएको दावी गरेको छ । विमानमा सामान्य क्षति पुगेको प्रहरीले जनाएकाे छ ।