झन्डै दुई-तिहाई बहुमत नजिक रहेको वर्तमान केपी ओली नेतृत्वको वाम सरकारले नेपालको संबिधानको उडाईरहेको छ। उसले संविधानको खिल्ली उडाउन्दै नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार जना नेता तथा कार्यकर्ताहरुलाई चौंथो पटक अदालत परिसरबाटै गिरफ्तार गरेको छ ।
प्रहरीले विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य एबम कोशी ब्यूरो इन्चार्ज, पूर्व सभासद किरण राईसहित चार नेतालाई फेरी अदालत परिसरबाट गिरफ्तार गरेको हो ।
सर्वप्रथम यसअघि उनीहरुलाई चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरिएको थियो। धनकुटा प्रशासनने सामान्य धरौटीमा छोडेको थियो। फेरि धनकुटा प्रशासन कार्यालय परिसरबाटै उदयपुर प्रहरीले नियन्त्रणमा लियो। उदयपुर जिल्ला अदालतले सबैलाई धरौटीमा रिहा गर्ने आदेश दियो।
फेरि मोरङ प्रहरीले उनीहरुलाई उदयपुर अदालत परिसरबाटै गिरफ्तार गर्यो। बिराटनगर उच्च अदालतने धरौटीमा रिहा गर्न आदेश दियो। त्यसपछि झापा प्रहरीले गिरफ्तार गर्यो। तर, झापा अदालतने उनीहरु सबैलाई सामान्य धरौटीमा छोड्यो।
तर, अदालतको छोड्ने निर्णयलाई चुनौती दिँदै गृहमन्त्री राम बहादुर थापाले पुन पक्राउ गर्न लगाए। इलाका प्रहरी कार्यालयले हिरासतमा लिएको छ। उनीहरुमाथि सार्वजनिक मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।