न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट परित्यागका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दर्ता गराएका छन् । लामिछानेले गैरकानूनी ढंगले काम गरिरहेको पत्र अध्यागमन विभागले प्रेस काउन्सिललाई पठाएको २४ घण्टा नबित्दै लामिछानेले बुधबार अमेरिकी दूताबासमा पासपोर्ट र नागरिकता त्यागसम्बन्धी आवेदन बुझाएको जानकारी अध्यागमन विभागलाई दिएको प्रेस काउन्सिलका सह-प्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए ।

लामिछानेविरुद्ध परेका उजुरीको छानविनका क्रममा गत चैत २३ गते प्रेस काउन्सिलले लामिछानेलाई स्पष्टीकरणसोधेको थियो । स्पष्टीकरणको जवाफमा लामिछानेले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको दाबीसहित प्रेस काउन्सिललाई बैशाख ६ गते लिखित जवाफ बुझएका थिए । तर, लामिछानेको दाबी झूठो रहेको पत्र अध्यागमन विभाग र श्रम विभागले प्रेस काउन्सिललाई बुझाएपछि बुधबार लामिछानेले अमेरिकी दूताबासमा नागरिकता त्यागको निवदेन दिएको जानकारी अध्यागमनलाई गराएका हुन् ।
गृहमन्त्रालय स्रोतका अनुसार लामिछानेले अमेरिकी दूताबासमा २ लाख ५८ हजार ५ सय रुपैयाँ दस्तुरसहित अमेरिकी नागरिकता र पासपोर्ट परित्यागको निवेदन दर्ता गराएका छन् ।

यस अघि चर्चित पत्रकार रबि लामिछाने अमिरिकी नागरिक भएको प्रेस काउन्सीl नेपाललाई अध्यागमन विभागले जानकारी दिएको थियो । रबि लामिछानेले अमेरिकाको पिआर लिइसकेकाले कानुनतः उनी अमेरिकी नागरिक हुन् । राहदानी नं ५१२९६६९८१ वाहक लामिछानेको नाममा ४ अक्टोवर २०१८ मा गैर पर्यटक (नातेदार) भिसा जारी भएको अध्यागमन विभागले जनाएको छ। अध्यागमन नियमावली, २०५१ को दफा २० को ९१० नियमावली बमोजिम पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग व्यापार व्यवसाय वा संस्थामा काम गर्न पाउने छैनन्।
कुनै पनि बिदेशी नागरिकले नेपालमा बसेर काम गर्न अनुमती लिनुपर्छ । त्यो कुरा लामिछानेलाई पनि थाहा थियो । त्यसकारण उनले अध्यागमन विभागबाट वर्किङ भिसा लिए । तर, वर्किङ भिसाको मापदण्डमा उनले अहिले चलाइरहेका जस्तो कार्यक्रम चलाउन मिल्ने प्रावधान छैन । जसकारण केही व्यक्तिहरुले उनीविरुद्ध उजुरी गरेका छन् ।
हेलो सरकारमा गरेको उजुरीका आधारमा गृह मन्त्रालयले उनीमाथि छानबिन गर्न अध्यागमन विभागलाई २ महिनाअघिनै पत्राचार गरेको थियो । भिसा पाउने विदेशीले जुन उदेश्यले भिसा प्राप्त गरेको हो त्यही बाहेक अन्य काम गर्न नपाईने अध्यागमन विभागले प्रेस काउन्सिललाई लेखेको पत्रमा उल्लेख छ। राहदानी अनुसार रबि लामिछाने नेपालमा अब ४ महिना बस्न पाउनेछन् । उनको भिसा आउँदो अक्टोबर ४ तारिखमा सकिदैछ ।

आफै छुट्टाउनुस रबि लामिछानेको आफ्नो भनाई र उनी बारे प्रेस काउन्सिल र अध्यागमन कार्यालयको पत्र