प्रदेश ३ का मुख्यमन्त्री पौडेलको विवादित व्यापारी अजेयराज सुमार्गीसँग वाइन सहितको डिनर गरिरहेको तस्बिर भाइरल

प्रदेश ३ का मुख्यमन्त्री पौडेलको विवादित व्यापारी अजेयराज सुमार्गीसँग वाइन सहितको डिनर गरिरहेको तस्बिर भाइरल


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ असार २०७५
  • 33K
    Shares

डोरमणी पौडेल

यतिबेला प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडाका विवादित व्यापारी अजेयराज सुमार्गीसँग वाइन सहितको डिनर गरिरहेको तस्बिर भाइरल भैरहेको छ  । प्रदेशको कार्यकारी प्रमुखले एउटा साधारण व्यापारीसँग एउटै सोफामा बसेर वाइन खाएको तस्बिर लिक हुनुले मुख्यमन्त्री पौडेललाई घाटा भएको छ ।

‘कि यस्ता तस्बिर खिच्न हुँदैन, खिचेपछि सार्वजनिक गर्न हुँदैन’, नेकपाका एक नेताले भने,‘पारिवारिक भेट नै मानिए पनि यस्ता तस्बिरले नागरिकमा नराम्रो छाप पार्छ ।’

रक्सी पिउनु नयाँ कुरा होइन । भीआइपीले पिउनु त झन सामान्य कुरा हो । तर नेपाली समाजमा एउटा सरकारी ओहदाको मुख्य मानिस भएर विवादित व्यापारीसँग एउटै सोफामा बसेर पिउनु आलोचनाको बिषय बन्ने गर्छ ।

स्वास्थ्य शिक्षा विधेयकको विवाद चलिरहेका बेलामा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईको घर पुगेर ‘लन्च’ गरेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पनि तिव्र आलोचना गर्दै फेसबुकमा तस्बिर भाइरल बनाइएको थियो । उक्त तस्बिरका कारण नेकपा अध्यक्षद्वयको कनेक्शनका विषयमा चर्चा भएको थियो । मुख्यमन्त्री पौडेलसँग डिनर गर्ने सुमार्गी पनि नेकपा अध्यक्ष प्रचण्डका  व्यापारिक साझेदार भन्दै नेपाली मिडियाले

प्रतिक्रिया
सम्बन्धित समाचार