नेपालका नेल्सन मण्डेला भनेर चिनिने भेट्रान वामपन्थी नेता एबं हिन्दु अभियान्ता मोहनचन्द्र अधिकारीको हर्नियाको अपरेशन भएको छ । काठमाण्डौको मोडेल अस्पतालमा उनको हर्नियाको अप्रेसन सफल भएको हो ।
सक्रिय राजनीतिबाट टाढा रहेका झापा आन्दोलनका अगुवा अधिकारीले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्छ भन्दै आन्दोलन समेत गर्दै आएका छन ।
राजतन्त्रविरुद्धको लडाईमा १७ वर्ष जेलजीवन व्यतीत गरेका अधिकारी हिन्दु राष्ट्र आन्दोलनमा सक्रिय हुनुहुन्छ ।