बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ‘स्याल’लाइ मंगलबार पक्राउ गरेको छ । काभ्रेली समूहमा अाबद्ध गुन्डा नाईके स्याल भनेर चिनिने सञ्जिव लामालाई प्रहरीले जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पक्राउ गरेको हो ।
नोला लाउञ्ज एण्ड बारका सञ्चालक रहेका उनलाई आफ्नै रेष्टुरेन्टमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको जाहेरी महानगरीय प्रहरी वृत्त दरबारमार्गमा परेपछी प्रहरीले पक्राउ गरेको जनाईएको छ ।
प्रहरीले लामामाथि गम्भिर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी दानबहादुर मल्लले बताए ।
काभ्रेको दाप्चा स्थायी घर भएका लामा नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुन् । उनी काभ्रेली समूहका तीर्थ लामाको निकट रहेको प्रहरी रेकर्ड छ । पटक–पटक पक्राउ पर्दै छुट्दै आएका लामालाई छुटाउन नेपाली कांग्रेस र नेकपाका नेताहरुले दवाब दिईरहेका छन् ।