भोक भोकै अलपत्र परेका प्रवासी मजदुरलाई जनप्रगतिशील मोर्चा कतारद्वारा खाद्यान्न सहयोग

भोक भोकै अलपत्र परेका प्रवासी मजदुरलाई जनप्रगतिशील मोर्चा कतारद्वारा खाद्यान्न सहयोग


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ जेष्ठ २०७५
  • 24.9K
    Shares

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी सगठन नेपाली जनप्रगतिशील मोर्चा कतारले अलपत्र परेका नेपाली मजदुरलाई खाद्यान्न वितरण गरेको छ l  कतारको सहानियास्थिथ च्याम कम्पनिमा केही महिनादेखि अलपत्र अवस्थामा भोक भोकै बसेका पिडित मजदुरलाइ नेकपा निकट सगठन नेपाली जन प्रगतिशील मोर्चा कतारका केन्द्रीय कोषाध्यक्ष गणेश बिक, मोर्चा केन्द्रीय सदस्य रामहरि अर्याल र सहानिया एकाई कमिटिका पदाधिकारी कमल घिमिरे देबराज नेपालीको विशेष उपस्थितमा पिडित मजदुरहरुलाइ दोस्रोपटक सोमबार खाद्यान्न वितरण गरिएको कतारबाट जनसंचार डट कम सहयोगी बबिता हमालले जानकारी दिएकी छिन l
काठमाडौंको महाराजगन्जमा रहेको माउन्टेन इम्प्लाइमेन्ट एण्ड ट्रेडिङ म्यानपावरबाट तिन महिना अगाडि बैदेशिक रोजगारीको लागि १ लाख तिरेर कतारको च्याम फ्यासिलोटि म्यानेजमेन्ट सर्भिस कम्पनीमा आएका मजदुरहरु भने जस्तो नपाउनुका साथै पारिश्रमिक पनि नपाएपछी अलपत्र परेका थिए भने पैसाको अभावमा भोकभोकै बस्न वाध्य थिए l पिडित नेपाली मजदुरहरुले आफुहरुको उद्धारका लागि धेरै सामाजिक संस्थाहरुलाई गुहारे पनि सहयोग नपाएको गुनासो गरेका छन् l
करीब एक महिना अघि उद्धारका लागि  नेपाली जनप्रगतिशील मोर्चा कतारसमक्ष निवेदन परेपछि मोर्चाको पहलमा केहीलाई उद्धार गरी नेपाल फर्काईएको छ भने कानुनि प्रक्रिया पूरा नभएसम्मका लागि केही मजदुरलाई अहिले पनि मोर्चाले खाद्यान्न सहयोग गरिरहेको हमालले जानकारी दिएकी छिन l
सो अवसरमा पिडितहरुमध्यका एक लोक बहादुर दर्जिले बैदेशिक रोजगार दिने नाममा ठगी गर्ने म्यानपावरलाई कारवाही गर्नुपर्ने आवस्यकता औंल्याएका थिए l साथै उनले नेपालमा ससदिय दलाल सताको बिकल्प एकीकृत जन क्रान्ति मात्र रहेको बताएका थिए l 

प्रतिक्रिया