कसले गर्यो पर्वतको शंकरपोखरीमा (ने.क.पा.)का उपाध्यक्षको हत्या ?

कसले गर्यो पर्वतको शंकरपोखरीमा (ने.क.पा.)का उपाध्यक्षको हत्या ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ जेष्ठ २०७५
  • 37.2K
    Shares

पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का वडा कमिटी उपाध्यक्ष सूर्यबहादुर सुनारको हत्या भएको छ । तत्कालिन नेकपा(एमाले) का वडा कमिटी उपाध्यक्ष सुनारको आफ्नै घरको अग्लोले हानेर हत्या गरिएको हो ।

सुनचाँदी ब्यबसाय समेत गर्दै आएका गोपाल भनेर बोलाउने सुनारलाई फलेवास २ थापाठानाका बिनोद कुँवर र उनकी श्रीमती राधिका कुँवरले ढोकाको आउलोले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो सामान्य भनाभनको क्रममा कुँवर दम्पतीले सुनारलाई टाउकोमा आउलोले हानेका थिए ।

प्रत्याक्षदर्शीका अनुसार रक्सी खाएर हल्लाखल्ला गरेका कुँवर दम्पत्तीले अपशब्द बोलेका थिए । अपशब्द बोलिरहेका कुँवरलाई सुनारले अपशब्द  नबोल्न भनेपछि हातपातमा उत्रिएको प्रहरीले अनुसन्धान बाट थाहा भएको जनाएको छ । रक्सीको नशामा रहेका कुँवरले आफुले रिस उठेपछि आक्रमण गरेको प्रहरी समक्ष बताएका छन् ।

चोट लागेर उपचारका लागि पोखराको मणिपाल अस्पताल पोखरा लगेकोमा उपचारकै क्रममा सुनारको मृत्यु भएको हो । सुर्यबहादुर सुनारकी श्रीमती पनि आक्रमणमा घाईते भएकी छिन् । श्रीमती सरस्वती सुनारको पनि अहिले अस्पतालमा उपचार हुदै छ । आक्रमणकारी बिनोद बिक्रम कुवँंर र राधिका कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार