अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाल र काेषाध्यक्ष नरेन्द्र विकसहित तीन जना गिरफ्तार

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाल र काेषाध्यक्ष नरेन्द्र विकसहित तीन जना गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ जेष्ठ २०७५
  • 20.7K
    Shares

नेपाल कम्युनिस्ट पार्टीनिकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ । आज काठमाण्डौको जाेरपाटीबाट अध्यक्ष ढकाल सहित काेषाध्यक्ष नरेन्द्र बि.क. र अर्का बिद्यार्थी नेता प्रकाशलाइर् पनि गिरफ्तार गरेकेा जनाईएको छ ।

ढकाललगायतलाई काठमाडौंको जोरपाटी नजिक अपा‌ंगबाट एक कार्यक्रममा जाँदै गर्दा बाटोमा हिंडिरहेका बेला गिरफ्तार गरिएको हो । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा लगिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

शैक्षिक क्षेत्र विकृति र विसंगति तथा नीजि विद्यालयहरुले लिइरहेको चर्को शुल्क विरुद्ध अखिल (क्रान्तिकारी) लगायत ८ विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहेको बेला अध्यक्षसहित विद्यार्थी नेताहरुलाई गिरफ्तार गरिएको हो ।

गिरफ्तारबारे विस्कृति विवरण आउँन बाँकी छ । अपहरण शैलीमा सादा पोशाकका प्रहरी टोलीले गिरफ्तार गरिएको स्रोतले बताएको छ ।

बृद्धि शुल्क फिर्ता, पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लगायतका माग राख्दै संघर्ष गरिरहेको अखिल (क्रान्तिकारी)ले हिजो मात्रै काठमाण्डौमा पार्टीका शिर्ष नेताहरुको सहभागीतामा अन्तरक्रिया गरेको थियो ।

यसैबीच अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विश्वकर्मा र विद्यार्थी नेता प्रकाश तिरुवालाई बिनाकारण पक्राउ गरेको भन्दै सो संगठनले आपत्ति जनाएको छ । सोमबार दिउँसो अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन् ।

महासचिव शाहीले विज्ञप्तीमा भनेकाछन् –‘नेपालको शिक्षा क्षेत्रमा भएको निजिकरण, व्यापारिकरण, दलालीकरण र माफियाकरणको पूर्ण रुपमा अन्त्य गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्त गर्ने अभियानमा बिनाकारण गिरफ्तार गर्नुले यो सामाजिक दलाल फासिवादी राज्यको चरित्र झन् उदागिंएको छ।’

उनले संगठनका अध्यक्ष लगायत नेताहरुलाई गुण्डागर्दी शैलीमा गरिएको गिरफ्तारीको घोर भत्र्सना गर्दै बिनासर्त तत्काल रिहाई गर्न जोडदार माग गरेका छन् । साथै, रिहाइ नगरे कडा संघर्षमा जाने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं दलाल फासिवादी सरकार नै हुनुपर्ने चेतावनी पनि विज्ञप्ति मार्फत दिईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार