एउटै कम्युनिस्ट केन्द्र बन्नुपर्ने कार्यकर्ताहरुको धारणामा सत्तारुढ ( ने.क.पा.)द्वारा कुठाराघात, यी दुई मुख्य कम्युनिस्ट पार्टीसंग एकता नहुने

एउटै कम्युनिस्ट केन्द्र बन्नुपर्ने कार्यकर्ताहरुको धारणामा सत्तारुढ ( ने.क.पा.)द्वारा कुठाराघात, यी दुई मुख्य कम्युनिस्ट पार्टीसंग एकता नहुने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ जेष्ठ २०७५
  • 32.7K
    Shares

निर्वाचन आयोगबाट नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) को प्रमाणपत्र पाएको सत्तारुढ दलले एउटै कम्युनिस्ट केन्द्र बन्नुपर्ने धारणा राख्ने कम्युनिस्ट कार्यकर्ताहरुलाई निराश पार्ने कार्यलाई तिब्रता दिई रहेको छ । यसै क्रममा सत्तारुढ ( ने.क.पा.)ले कम्युनिस्ट पार्टीको मूल सिद्धान्त बोकेका दुई कम्युनिस्ट पार्टीहरुसंग पार्टी एकता नगर्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) स्थायी समिति सदस्य देवेन्द्र पौडेलका अनुसार, एउटै कम्युनिस्ट केन्द्र बनाउने घोषणा गरेको ( ने.क.पा.)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीसंग ( ने.क.पा.)ले पार्टी एकता गर्ने छैन । स्थायी समतिति सदस्य देवेन्द्र पौडेलले अघि भने, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी बाहेकका अन्य कम्युनिस्ट पार्टीसँग ढिलो चाँडो एकता हुनेछ । यी दुई दलले भने नेकपासँग एकीकरण गर्ने सम्भावना कम रहेको छ ।’

तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले अन्य दलसँग पनि एकताको प्रयास थालेको छ । नेकपाले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग एकताका लागि छलफल चलाएको छ । त्यसका लागि नेकपाका नेताहरूले ती पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन् । एउटै कम्युनिस्ट केन्द्र बनाउने घोषणा गरेको नेकपाले कम्युनिस्ट पार्टी बाहेकका अन्य दललाई समेट्ने प्रयास गरेको हो ।

प्रतिक्रिया