प्रचण्डले हप्काए गृहमन्त्री थापालाई, घरधनी अधिकारीलाई कार्वाही नगर्न चेतावनी

प्रचण्डले हप्काए गृहमन्त्री थापालाई, घरधनी अधिकारीलाई कार्वाही नगर्न चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ जेष्ठ २०७५
  • 132.1K
    Shares

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष प्रचण्डले आफ्ना घरबेटी ठेकेदार शारदा अधिकारीलाई कारबाहीको सूचीमा राखेकोमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई हप्काएका छन् ।   काठमाण्डौको खुमल्रटारस्थित आफ्नै निवासमा बोलाएर गृहमन्त्री थापालाई प्रचण्डले हप्काएका हुन् ।

समाचार श्रोतका अनुसार, प्रचण्ड भेट्न निवासमा पुगेका गृहमन्त्री बादललाई प्रचण्डले ‘सिङघम बन्न खोजेको’ भन्दै प्रश्न गरेका थिए भने आफ्ना घरबेटी अधिकारीलाई कारवाही त के कुनै प्रकारको दबाब नदिन भनेका थिए । उनले बिगतमा रक्षामन्त्री हुँदा सेना नचलाउन भन्दा भन्दै चलाएर विवादमा परेको घटना स्मरण गराउंदै फेरी ठेकेदार शारदा अधिकारीलाई नचलाउन चेतावनी दिएका थिए । न्युज्पर्दा डट कमले लेखेको छ l

ठेकेदार अधिकारीको शैलुङ कन्स्ट्रक्सनले भक्तपुरको कमलविनायकदेखि नगरकोट पुग्ने सडकको ठेक्का लिएको थियो । तर, ठेक्का लिएको चार वर्ष पूरा हुँदा पनि उक्त सडक निर्माण सम्पन्न हुन सकेको छैन। छिमेकी भारत सरकारको एक्जिम बैंकको सहयोगबाट बन्न लागेको भक्तपुर–नगरकोट सडकसमेत समयमै पूरा नभएपछि भक्तपुर प्रशासनले शैलुङलाई कालोसूचीमा राखेर कारबाही सिफारिस गरेको थियो ।

पछिल्लो समय चर्चामा रहेका गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम पुरा नगरी बिचमै काम अधुरो राख्ने जोकोहिलाई कारबाही गर्ने कुरा दोहोर्‍याएका छन।

आफुले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा आयोजीत पत्रकार सम्मेलनमा गृहमन्त्रीले आयोजनाको जीम्मेवारी लिने तर समयमा पुरा नगरी हिंड्ने ठेकेदार चाहे प्रचण्डको घरबेटी भएपनि कारबाही गरेरै छाड्ने चेतावनी दिएका हुन् ।

सहिजोआज ‘प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीले धेरै आयोजना हात लगाउने तर काम पुरा नगरी लथालिंग छाड्ने गरेको खबर व्यापक आएको छ। पत्रकारहरुले गृहमन्त्रीलाई स्वयं प्रचण्डका घरबेटी काम पुरा नगर्ने ठेकेदार हुन् उनलाई कारबाही हुन्छ कि हुँदैन भनी गरेकाे प्रश्नमा गृहमन्त्री थापाले भने ‘समयमा काम पुरा नगर्ने र जीम्मेवारी लिने घरधनी सांसद वा नेता जोकोहीलाई कारबाही हुन्छ’
दुइतिहाइ मत सहित गठबन्धन सरकारमा रहेर गृहमन्त्रालय सम्हालेका गृहमन्त्री बादलको अगुवाइमा लामो समयदेखि जरो गाडेर बसेको यातायात सिन्डिकेट ताड्न सफल भएको थियो ।

प्रतिक्रिया