गाउँमा रहेका कुवा तथा खोला सुकेपछि दाङको कोइलाबासका जनता अहिले पानीका लागि पूर्ण रुपमा भारतको भर पर्न बाध्य छन् l दाङ गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्धाम सिद्धीकी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् । उनी मात्रै होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ ।
‘खानेपानीको समस्या छ, त्यसैले म आफैं भारतमा गएर पानी ल्याउने गरेको छु’, वडाध्यक्ष सिद्धीकेले कारोबार दैनिकसँग भनेका छन्, ‘भारतमा गएर पानी ल्याउनुपर्दा अप्ठ्यारो परेको छ ।’
आफूले भारतसँग पानी सहज रुपमा ल्याउनका लागि समन्वय गरेको उनले बताए । कोइलाबासका स्थानीयलाई खानेपानीका लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ । अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेको छ । आजको कारोवार दैनिकमा खबर छ l