दरबारमार्गका व्यवसायीबाट मासिक ‘भत्ता’ उठाउने सई घुससहित पक्राउ

दरबारमार्गका व्यवसायीबाट मासिक ‘भत्ता’ उठाउने सई घुससहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ जेष्ठ २०७५
  • 21.8K
    Shares

काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा कार्यरत् प्रहरी नायब निरीक्षक वीरेन्द्रबहादुर ऐडी घुससहित पक्राउ परेका छन् ।

 

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान अयाोग, टंगालको टोलीले २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

ऐडीले मासिक रुपमा रकम नदिए व्यवसाय गर्न अफ्ठ्यारो बनाइदिने भन्दै व्यवसायीसँग असुली गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनलाई रकम लिइसकेपछि रिचमण्ड फूड क्याफे, महाराजगञ्जबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार